बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

प्रधानमन्त्री केपी शर्मा ओली भारत अघि पाकिस्तानकाे भ्रमण गर्ने तयारी

काठमाण्डाैं, – प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक प्रधानमन्त्री भएपछि दोस्रो औपचारिक विदेश भ्रमण पाकिस्तानको गर्ने भएका छन् । पहिलो विदेश भ्रमण गत मंसिर १७ देखि २० गतेसम्म चीनको गरेको प्रधानमन्त्री ओलीले दोस्रो विदेश भ्रमण पाकिस्तानको गर्ने तयारी भएको हो ।

मंगलबार नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तान भ्रमणको निम्ता दिइसकेका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले पाकिस्तानका राजदूत हस्मीले भेटमा प्रधानमन्त्री ओलीलाई मौखिक रूपमा पाकिस्तान भ्रमणको निम्ता दिएको जानकारी दिए । निम्ता पाएपछि प्रधानमन्त्री ओलीले पनि आफू पाकिस्तान भ्रमणका लागि इच्छुक रहेको बताएको सिलवालले जानकारी दिए ।

तर, प्रधानमन्त्री भ्रमणका जानका लागि औपचारिक निमन्त्रणा पत्र आउनुपर्छ । लिखित औपचारिक निमन्त्रण पत्र आइनसकेकाले कहिले जाने भन्ने विषय नटुंगिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले पहल गर्न पाकिस्तानको भ्रमणमा जाने तयारीमा रहेको उनको सचिवालय स्रोतले जानकारी दियो ।

ओलीले कुनै दुुई मुलुकबीचमा आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय संगठनमा पर्न नहुने राजदूत हस्मीसँगको भेटमा बताएको प्रधानमन्त्री ओलीको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख थियो ।

ओलीले भारत र पाकिस्तानबीच भएको द्वन्द्वलाई संकेत गर्दै त्यस्तो बताएका हुन् । नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम र स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीसँग राष्टियसभा अध्यक्ष नारायण दाहाल पनि जाने तयारी छ । त्यस्तै ओलीले आफ्नो भ्रमण टोलीमा प्रधानसेनापति अशोकराज सिग्देललाई पनि लैजाने तयारी गरेका छन् । प्रधानसेनापति सिग्देलसँग पनि यसबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x