आइतवार, बैशाख १३, २०८३
Sunday, April 26, 2026

सुनसरी १ मा हर्क साम्पाङ विजयी

सुनसरी – निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई उर्फ हर्क साम्पाङ विजयी भएका छन्।

आइतबार सार्वजनिक नजिताअनुसार निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङलाई ८ हजार ४९२ मतले पछि पार्दै साम्पाङ निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार विजयी हर्कले ३५,७४१ मत ल्याउँदा पराजित तामाङले २७,२४९ भोट प्राप्त गरेकी छन्।

तेस्रो नम्बरमा रहँदै नेकपा एमालेका उम्मेदवरा टीकाराम लिम्बुले ६,४६३ मत ल्याएका छन्।

यसपछि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यबहादुर भट्टराईले ६,१८५ तथा नेपाली कांग्रेसका सुजेन्‍द्र तामाङले ३,९७० भोट पाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x