बुधबार, फाल्गुन १३, २०८२
Wednesday, February 25, 2026

ओलीको उद्घोष- यो चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो

काठमाण्डाैं –नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको उद्घोष गरेका छन्।

बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ को चुनावलाई सामान्य रुपमा लिन नहुने जिकिर गरे।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारा समेटेर घोषणापत्र बनाएको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस देश पहिला कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली : राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’को नारासहित त्यसलाई पूरा गर्न आफ्नो पार्टीलाई विजयी गराउनुपर्नेमा जोड दिएको छ। विगतमा आफ्नो पार्टी सरकारमा हुँदा थालिएका र पूरा गर्न नपाएका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका क्षेत्रलाई एमालेले मुख्य प्राथमिकता दिएको छ।

घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत काम र २५ सङ्कल्प सार्वजनिक गरिएको छ। अध्यक्ष ओलीले भत्काउने र जलाउने नभइ बनाउने सङ्कल्पका साथ एमालेले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाइ गर्ने दाबी गरे।

उनले स्वाधीनता र राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ रहेको स्पष्ट गर्दै आफूहरू कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताए।

घोषणापत्रमा एमालेले राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय स्वाधीनताको रक्षालाई मुख्य प्राथमिकतामा राखेको छ । मुलुकलाई अस्थिरताको चक्रबाट बाहिर निकाली विकास र समृद्धिको यात्रामा अघि बढाउन एमालेको एकल बहुमत आवश्यक रहेको जिकिर गर्दै अध्यक्ष ओलीले २०७२ सालको संविधान जारी भएपछिको विकासको नेतृत्व एमालेले नै गरेको दाबी गरेका छन् ।

घोषणापत्रमा आगामी ५ वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब र १० वर्षमा २०० खर्ब पुर्‍याउने तथा नेपालीको प्रतिव्यक्ति आय ५ वर्षमा ३ हजार अमेरिकी डलर पुर्‍याउने महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्य राखिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा एमालेले जोड दिएको छ ।

विदेशमा रहेका नेपालीहरूलाई ‘सद्भाव दूत’ का रूपमा लिँदै उनीहरूको सीप र पुँजीलाई राष्ट्र निर्माणमा लगाउने र एनआरएनलाई ‘खास प्राकृतिक लगानीकर्ता’ को मान्यता दिने घोषणापत्रमा उल्लेख छ ।

Ghoshanapatra

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x