शनिबार, माघ ५, २०८१
Saturday, January 18, 2025

कांग्रेस–एमालेको गठबन्धन भत्काएर फेरि पनि माओवादी केन्द्रकै सरकार बन्ने प्रचण्डकाे दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको गठबन्धन भत्काएर फेरि पनि माओवादी केन्द्रकै सरकार बन्ने दाबी गरेका छन् । उनले आफ्नो पार्टीसँग ३२ सिटको म्याजिक नम्बर रहेको बताउँदै चिन्तित नहुन कार्यकर्तालाई आग्रह गरे ।

माओवादी केन्द्रको काभ्रे-काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले म्याजिक सिटकै कारण अहिले नै चिन्तित हुनुपर्ने अवस्था नरहेकाे बताए ।

‘यही हलमा हो, तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो । मैले ३२ को हाम्रो संख्यालाई जादुको संख्या भनेको थिएँ, मेरो यही भनाइले उनीहरू अझै बढी उद्वेलित र तरंगित पनि भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला, तर पनि अहिले पनि हाम्रो संख्या म्याजिक नै छ भन्छु । किनभने ३२ भएकाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी, विपक्षी दल भनेको गभमेन्ट इन वेटिङ भन्छ पर्खिरहेको सरकार, यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो फेरि, त्यसकारण हामी चिन्तित हुनुपर्ने कारण छैन’, प्रचण्डले भने ।

एमाले र कांग्रेसका कतिपय नेताहरूले ३२ सिटको म्याजिक नम्बर रहेको बताएपछि प्रचण्ड नेतृत्वको सरकार फाल्न आफूहरूले सत्ता सहकार्य गरेको बताउने गरेका छन् । सरकार परिवर्तन हुनसक्ने हल्ला राजनीतिक वृत्तमा चलिरहेका बेला प्रचण्डको अभिव्यक्ति आएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x