काठमाडौँ महानगर प्रमुख बालेनद्वारा पदबाट राजीनामा
काठमाडौं – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन् ।
प्रमुख शाहले उपप्रमुख सुनिता डङ्गोल समक्ष राजीनामा बुझाएको हो । राजीनामा पत्रमा महानगरकाे नेतृत्व र कार्यपालिका
लाई सफलताकाे शुभकामना व्यक्त गर्दै उनले स्वेच्छाले राजीनामा दिएको बताएका छन् ।
शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा छन्। साथै मेयर शाह आजै रास्वपा केन्द्रीय कार्यालय जाने कार्यक्रम छ। शाहलाई रास्वपाले वरिष्ठ नेता बनाएको छ।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागु हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु’ बालेनले राजीनामा पत्रमा भन्नु भएको छ, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारिपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।


WRITE COMMENTS FOR THIS ARTICLE