बिहिबार, कार्तिक ६, २०८२
Thursday, October 23, 2025

संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति समाजवादी दर्शनको रुपरेखा लोकार्पण गर्दै प्रचण्डले प्रतिक्रियावादीलाई अनुकूल बनाउन संविधानमा भएका महत्त्वपूर्ण कुरालाई उल्टाउने प्रयास भइरहेको बताएका हुन् ।

प्रचण्डले जनवादी प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने सिस्टम हो भनेर प्रचार गरिएको उल्लेख गर्दै अहिले संसदमा त्यस्तै देखिएको जिकिर गरे ।

समितिको प्रतिवेदनमा भइरहेका छेडखानीले बाहिर देखाउने एउटा र भित्र अर्कै खेल हुने गरेको पुष्टि भएको उनले बताए । प्रचण्डले आफ्नो नेतृत्वमा प्रत्येक पटक सरकार बन्दा समाजवादतर्फ देशलाई लैजान बल गरेको भन्दै बुद्धिजीवीले त्यस कुरालाई बुझ्न नसकेको आरोप लगाए ।

प्रचण्डले समाजवादको बहस गर्ने सबै प्रकारका फोरमलाई स्वागत गर्नुपर्ने उल्लेख गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x