मन्त्रिपरिषद् पुनर्गठन हुन सक्छ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाण्डाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएकोले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताएका छन् ।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लामो समयदेखि मन्त्रिपरिषद् हेरफेर नभएको भन्दै उनले सत्तारुढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए।
‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुनुपर्ने, १३ महिनादेखि भएको छैन , सबैले चासो राख्नु स्वाभाविक हो । गुरुङले भने ‘सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनमा प्रश्न उठेको खण्डमा पार्टीभित्र छलफल गरेर हेरफेर गरिनेछ’।
नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापना तथा मर्मतका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए ।
साथै, उनले बैठकले नेपाल इन्जिनियरिङ परिषद्को रजिष्ट्रार पदमा ध्रुवराज भट्टराई, तनहुँलाई नियुक्त गर्ने, राष्ट्रिय युवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र नेपाली सेनातर्फ एकजना सहायक रथीको उपरथी पदमा र छ जना प्रमुख सेनानीहरूको महासेनानी पदमा बढुवा गर्ने, साथै, छ जना महासेनानीहरूको सरुवा गर्ने निर्णय गरेको पनि जानकारी दिएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE