सोमवार, पुस ७, २०८२
Monday, December 22, 2025

म माथी प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागे

काठमाण्डाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी दोहोर्‍याएका छन्।

शनिबार चितवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफूमाथि ‘प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुन्डिएर भागेको टिप्पणी गरे।

शुक्रबार भैरहवा कारगारबाट रिहा भएका लामिछाने लगत्तै भएको पहिलो सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूमाथि अन्याय भएको दोहोर्‍याए ।

‘यिनीहरूले म माथि प्रतिशोध साँधे नि, ढुक्क हुनुस् मबाट प्रतिशोधको राजनीति हुने छैन,’ लामिछानेले भने, ‘म लोकतन्त्रमा विश्वास गर्छु, मलाई लोकतन्त्रले थुनेको होइन। यी अपराधी, षडयन्त्रकारीहरुले थुनेका हुन्। यिनीहरू लोकतन्त्र होइनन् ।’ यनले देशमा लोकतन्त्र अझै जिउँदो रहेको बताए ।

उनले पुराना पुस्ताका नेताहरूतर्फ इंगित गर्दै उनीहरूले देशलाई नै दुःख दिएको र त्यसको अगाडि आफूलाई दिएको दुःख केही नभएको पनि बताए ।

लामिछानेले भने, ‘मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा भएन तर यिनले मेरो शरीरमा दिएको विष बोकेर म आज पनि बाँचिरहेको छु । मेरो शरीरमाथि बसेको विष अझै पनि बाँकी छ । म यो विषय लिएर पनि लड्छु । जेनजी भाइबहिनीहरूको रगतको थोपा खेर जान दिन्नँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x