बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बहुबिबाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने -कानुन मन्त्री

काठमाडौं – कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुबिबाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् ।

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन मन्त्री चौरसियाले बहुबिबाह गर्ने कानुन नबनाएको र भोली पनि सो ब्यवस्था राखेर संसदमा बिधेयक नआउने पनि बताएका छन् ।

‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिदैँ भने ।

सभामुख देवराज घिमिरेसँग समय मागेर उनले सरकारको धारणा संसदमा राखेका हुन् । त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतले प्रश्न उठाए पछि कानुन मन्त्रीले जवाफ दिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x