आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैँ

काठमाडौं । आज ८ मार्च विभिन्न कार्यक्रमहरु गरि विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैँछ ।
‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो । सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रेया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE