बिहिबार, कार्तिक ६, २०८२
Thursday, October 23, 2025

राजावादी समूह गणतन्त्र पक्षधहरुले शुक्रबार काठमाडौमा आमसभा गर्ने

लोकतान्त्रिक व्यवस्थालाई चुनौति दिइरहेको राजावादी समूहले निरन्तर प्रर्दशन गर्न थालेपछि गणतन्त्र पक्षधहरुले शुक्रबार काठमाडौमा आमसभा गर्ने भएका छन् । गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा रहेका राजवादी समूहले शुक्रबार नै अर्को प्रर्दशन र सभा गर्दैछन् । दुवै समूहको एकै दिन सभा परेको छ ।

एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन् । जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलग अलग स्थानबाट प्रर्दशन गर्न अलग अलग स्थानमा सभा गर्न निर्देशन दिएको छ । जिल्ला सुरक्षा समितिले पनि त्यही अनुसार सुरक्षा योजना बनाइसकेको छ ।

सुरक्षा योजना अनुसार दुवै समूहलाई कतैपनि भेट हुन र मुठभुड हुन नदिने गरी सुरक्षाकर्मीहरु परिचालन हुदैछन् । लोकतन्त्रको रक्षाका लागि जनतलाई सचेत गराउने उद्धेश्यसहित नेकपा माओवादीको नेतृत्वमा समाजवादी मोर्चाले सभाको आयोजना गर्दैछ । मोर्चाले जुलुश निकाल्ने, भेला हुने स्थान पनि तय गरी सार्वजनिक गरिसकेको छ ।

राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क गरेका छन् । शुक्रबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग नवराज सुवेदी र दूर्गा प्रसाईंले भेटघाट गरेका हुन् । तर यो विषयलाई उनीहरुले बाहिर ल्याएका छैनन् । एक सुरक्षाकर्मीले दिएको जानकारी अनुसार उनीहरुले निर्मल निवासमा भेटघाट गरेपछि प्रर्दशन चर्को हुने आकलन गरिरहेको र समाजवादी मोर्चासँग उनीहरुको जुलुश भेट भए मुठभेड हुने संभावान रहेको छ । ‘दुवै पक्ष अलि आक्रमक हुने खतरा रहेकाले दुवै पक्षको जुलुशलाई भेटघाट हुन नदिने गरी सुरक्षाकर्मी परिचालन हुँदैछन्’, सुरक्षा समितिका एक अधिकारीले भने । सो समितिका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६ हजार सुरक्षाकर्मीहरु खटिने भएका छन् ।

काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषि तिवारीले शुक्रबारको प्रर्दशन शान्तिपूर्ण हुने विश्वास गरे । उनले कानुन अनुसार सुरक्षाकर्मीहरु परिचालन हुने दावी गरे ।

नेपाल प्रहरीले पनि शान्ति सुरक्षा कामय गराउन करिब ३ हजार प्रहरी परिचालन गर्ने भएको छ । दुवै पक्षको रुटलाई क्लियर गर्ने र उनीहरु अपसमा भेटघाट हुन नदिने गरी सुरक्षाकर्मी खटाउने तयारी भएको छ । ‘शुक्रबार हुने दुवै पक्षको प्रर्दशनमा नेपाल प्रहरीले विशेष ध्यान दिएको छ, शान्ति सुरक्षा कायम राख्न कानुन बमोजिम नै प्रहरीहरु खटिनेछन्,  अपाच्य क्रियाकलाप नहुन, जथाभावी प्रर्दशन नहोस भन्नका लागि नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ’, नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने ।

यसैगरी सशस्त्र प्रहरीले शुक्रबारको प्रर्दशनलाई लक्षित गरेर ५० प्लाटुन (करिब दुई हजार)  जनशक्ति परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेका अनुसार दुवै पक्षलाई एक अर्कामा भेटघाट हुन नदिने गरी सुरक्षाकर्मीहरु परिचालन हुनेछन् । उनले शुक्रबारको प्रर्दशन  शान्तिपूर्ण प्रर्दशन हुने अपेक्षा समेत गरेका छन् । ‘शान्ति सुरक्षा कामय राख्न कानुले दिएको अधिकार प्रयोग हुनेछ, सुरक्षाकर्मीहरुले दुवै पक्षको प्रर्दशन र सभा शान्तिपूर्ण हुने अपेक्षा गरेको छ’, सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी न्यौपानेले भने । सुरक्षालाई ध्यान दिएर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु पनि खटिने भएका छन् । यसैगरी ट्राफिक व्यवस्थापनका लागि करिब ७ सय ट्राफिक प्रहरी खटिनेछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x