सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिवमा प्रकाशमणि शर्मा (भुसाल) नियुक्त

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिवमा प्रकाशमणि शर्मा (भुसाल)लाई मनोनित गरेका छन्। पर्यटनमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सिन्हाले वरिष्ठ अधिवक्ता शर्मालाई कोषको सदस्य-सचिव बनाएका हुन्।

सहपाठी शर्मालाई सिन्हाले पर्यटन मन्त्रालयको पदभार सम्हालेको भोलिपल्टै कोषको सदस्य-सचिवमा मनोनित गरेका छन्। जनहित संरक्षण मञ्च नामको एनजीओमा आबद्ध कपिलवस्तुका शर्मालाई पर्यटनमन्त्री हुनेबित्तिकै सिन्हाले सदस्य-सचिवमा मनोनित गरेका हुन्।

प्रधानमन्त्री सुशीला कार्की निकट उच्च स्रोतका अनुसार कार्कीले पर्यटन मन्त्रालय सम्हाले कै बेला सिन्हाले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रयोग शर्मालाई कोषमा पठाउन प्रयास गरेका थिए। पर्यटनमा धेरै नियुक्ति गर्ने ठाउँ देखेपछि सिन्हाले उक्त मन्त्रालय लिएको चर्चा थियो। उक्त चर्चालाई पुष्टि गर्नेगरी सिन्हाले शर्मालाई कोषको सदस्य-सचिवमा मनोनित गरेका छन्।

पर्यटन मन्त्रालयले बनाएको नियुक्ति सम्बन्धी मापदण्ड अनुसार अनुसार कोषका सदस्य-सचिव बन्न ६५ वर्ष ननाघेको हुनुपर्छ। तर, पूर्व न्यायाधीश सिन्हाले ६७ वर्षीय आफ्नै सहपाठी शर्मालाई कोषको सदस्य-सचिव सुम्पिएका छन्। सिन्हाले सेटिङ गर्दा पशुपति जस्तो पवित्र ठाउँमा गरिएको नियुक्ति पनि विवादित हुने देखिन्छ। ‘जेन-जी’को नाममा मन्त्री बनेका सिन्हाले आफ्नो स्वार्थ पूर्तिका लागि काम गरिरहेका छन्। गुठी संस्थानलगायतको नियुक्ति भ्याएर पर्यटनमा छिरेका सिन्हाले पशुपतिमा आफ्नै सहपाठीलाई सदस्य-सचिव बनाएर काम थालेका हुन्। मन्त्री सिन्हाको कदमले ‘जेन-जी’ अगुवाहरू बिच्किएका छन्। मापदण्डविपरीत पशुपतिमा सदस्य-सचिव मनोनित गरेर सिन्हाले पशुपतिलाई नै विवादमा तान्न भूमिका खेलेको पाइन्छ।

विश्वका आराध्यदेव पशुपतिनाथ हेर्ने कोषमा अमेरिकन शक्ति हाबी भएको विषयले अहिले निकै चर्चा पाएको छ। यो विषय निकै जटिल बन्ने देखिन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x