बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

“मेरो प्रशासन भर्खर सुरु हुँदैछ।” – डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तामा फर्किएपछि पहिलो पटक अमेरिकी कङ्ग्रेस (संसद्)लाई सम्बोधन गर्दै ‘अमेरिका फर्किएको’ घोषणा गरेका छन् ।

आफ्नो कट्टरपन्थी नीतिको प्रशंसा गर्दै डेमोक्र्याटिक पार्टीको शत्रुताको सामना गरेपनि युक्रेनमा सफलताको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले अर्बपति सल्लाहकार एलन मस्कले संघीय कर्मचारीतन्त्रमाथि गरेको विवादास्पद हस्तक्षेपको बारम्बार प्रशंसा गर्दै भने, “मेरो प्रशासन भर्खर सुरु हुँदैछ।”

सन् २००० मा बिल क्लिन्टनको ‘स्टेट अफ द युनियन’को भाषणको लम्बाईलाई रेकर्ड तोडेको एक घण्टा ४० मिनेट लामो भाषणमा ट्रम्पले भने, “अमेरिकी सपना अजय छ ।”

जेम्स ट्रस्लो एडम्स द्वारा १९३१ मा महामन्दी को समयमा लोकप्रिय भएको ‘अमेरिकन ड्रिम्स’ भनेको संयुक्त राज्य अमेरिकाको कथित राष्ट्रिय लोकाचारलाई जनाउने वाक्यांश हो । यसको अर्थ अमेरिकी प्रत्येक व्यक्तिसँग सफल हुने र राम्रो जीवन प्राप्त गर्ने स्वतन्त्रता र अवसर छ भन्ने हो।

लगभग हरेक वाक्यांशसँगै रिपब्लिकन पार्टीका सदस्यहरूबाट ठूलो तालीको गडगडाहट पाएको उक्त सम्बोधनमा ट्रम्पले छुट्टाछुट्टै दुई पटक स्पेसएक्स र टेस्लाका मालिक मस्कको नाम उच्चारण गरेका थिए ।

सम्बोधनमा तालिको गडगडाहट कै केही मिनेटमै विपक्षी सांसद्बाट विरोध गरिएको थियो । विरोधका क्रममा स्वास्थ्य सेवाका कार्यक्रमहरूलाई लिएर ट्रम्पको विरोध गरिरहेका डेमोक्र्याटहरूले चुपचाप ‘झूटो’, ‘मस्कले चोरी गरे’ र ‘यो झूट हो’ जस्ता प्लेकार्डहरू बोकेर सभा हलमा उभिएका थिए ।

विरोधको कुनै एक क्षणमा अधिकांश डेमोक्र्याटहरूले ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेको सन् २०२१ जनवरी ६ मा क्यापिटोलमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमणको विगत कोट्याउने प्रयास गर्दै ‘जनवरी ६’ भनेर नारा लगाएका थिए ।

अठहत्तर वर्षीय राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो ६ हप्ताको प्रशंसा गर्दै अमेरिकी सरकारलाई नयाँ आकार दिन र युक्रेन युद्ध अन्त्यका लागि आफ्नो ध्रुवीकरणको प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x