बुधबार, कार्तिक ५, २०८२
Wednesday, October 22, 2025

एमालेको केन्द्रीय कमिटीकाे बैठक बस्दै

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ः०० बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्ने छ ।

यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x