बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडाैं – चीन भ्रमणमा रहनुभएका  प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

चीनको थियानजिनमा रहेको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा हिजोदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले आजै रूसका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओस जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x