शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौं – नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको छ।

आज भएको फाइनल खेलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो। उपाधिसँगै नेपालले आगामी एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई २६९ रनमा समेटियो। उसले निर्धारित ५० ओभरको खेलमा २६९ रनमात्र बनाउन सक्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरे। उनले १०६ बलमा १०२ रन बनाए। आसिफले आफ्नो शतकीय इनिङ्समा ८ चौका र ४ छक्का प्रहार गरे। उनी हैदर अलीको बलमा क्याच आउट भए।

अलराउन्डर गुल्सन झाले पनि आक्रामक अर्धशतक बनाए। पाँचौँ क्रममा ब्याटिङमा आएका गुल्सनले ३६ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे। ओपनर अर्जुन कुमालले ४३ रन बनाए। २१ ओभरको अन्तिम बलमा आसिफसँग तालमेल नमिल्दा रनआउट हुनुअघि अर्जुनले ६३ बलमा ६ चौका प्रहार गरेका थिए। उनले आसिफसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

नेपालका कप्तान रोहित पौडेलले ४४ बलमा ४० रन बनाए। उनले २ चौका प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन, इशान पाण्डेले २० बलमा १३ रन तथा करण केसीले २ बलमा १ रन बनाए।

सन् २०२३ मा काठमाडौंमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। दोस्रो संस्करणमा भने यूएईले आयोजक ओमानलाई हराउँदै उपाधि जितेको थियो।

जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ। यूएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x