जेनजीको आन्दोलन दोस्रो दिन देशभर उग्र बन्दै

काठामाडौं । जेनजीको प्रदर्शनको दोस्रो दिन आन्दोलन देशभर उग्र बन्दै गएको छ ।
काठमाडौँ उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइएको भएपनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले चोक चोकमा प्रदर्शन शुरु गरेका छन् ।
काठमाडौँ बाहिर पनि बिभिन्न जिल्लामा युवाहरुको प्रदर्शन जारी रहेको छ भने राजनीति दलका नेता, पार्टी कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् ।
प्रदर्शनकारीको एक समुहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुरको खुमलटारस्थित निवासमा पुगेर गेट तोडफोड गरेका छन् भने घरभित्र प्रवेश गर्ने तयारी गरेका छन् । त्यस्तै प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा आगजानी गरेका छन् । गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी र ढुंगामुढा गरेका छन् । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासतर्फ जादै गरेको समुहलाई प्रहरीले रोकेको छ ।
भक्तपुरमा दरबार स्क्वायर क्षेत्रमा युवाहरुले प्रहरीलाई लखेटेका छन् ।
काठमाडौँ बाहिर विभिन्न जिल्लामा राजनीतिक दलका कार्यलयमा तोडफोड र आगजनीका खबर प्राप्त भएका छन्
WRITE COMMENTS FOR THIS ARTICLE