अहिले बिद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन – प्रधान मन्त्री के.पी.शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अन्तर्वार्ता अहिले चर्चामा छ । पत्रकार विजयकुमारले लिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले खुलेर आफ्नो धारणा राखेका छन् ।
नमस्कार सम्माननीय प्रधानमन्त्रीज्यू !
नमस्कार !
सबैभन्दा पहिले म समयका लागि आभारी छु ।
धन्यवाद ।
अचानक संयोगवस यो अन्तर्वार्ताका लागि मौका मिल्यो, फेरि आभारी छु । थ्याङ्क्यु फर योर टाइम सर !
थ्याङ्क्यु ।
जब अन्तवार्ताको प्रस्ताव आयो, मैले अनुरोध गरेको चाँडै स्वीकार पनि भयो । मैले त्यो बखत के सोच्न थालें भने नि, प्रधानमन्त्रीज्यू, मलाई आजभोलि अन्तर्वार्ता गर्न खासै जाँगर पनि लाग्दैन ।
म जस्तै हुनुभयो ।
किनभने हाम्रो मुलुकमा अन्तर्वार्ताका दुईवटा शैली विकसित भएका छन् । एउटा अनेक गरेर, अनेक चाकडी गरेर उसलाई अन्तर्वार्ताका निम्ति तयार गर्न ल्याउने, अनि त्यसपछि चिथोर्ने । मलाई मनमा लागेको कुरा भनेको, एउटा चिथोर्ने शैली, अर्को जे पनि मुन्टो हल्याउने, हो हजुर, हो । एस सर, एस म्याडम भनिरहने । म यो दुईवटै काम गर्न अलिकति जाँगर लाग्दैन । उमेरले पनि होला । तथापि आइ फिल गुड द्याट आइ क्यान टक टु युु । सुरुवात म कहाँबाट गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यू, केही वर्ष अगाडि म अन्नपूर्ण पोष्टमा ग्रुप एडिटर हुँदाखेरी चुनावको बखत थियो । दिउँसो तपार्ईंंसँग यात्रा गर्ने मौका पनि पाएको थिएँ । साँझ दश बजे तपार्ईंंले अन्तर्वार्ता दिनुभएको थियो । तपार्ईंंले सुरुवातमा के भन्नुभयो भने, कि विजय म तिमीलाई हरिभक्त कटुवालको एउटा कविता सुनाउँछु् भन्नु भएको थियो अन्तर्वार्ता सुरु हुनुभन्दा अगाडि, जुनलाई धेरै नजिकबाट नहेर, त्यसमा दाग देखिन्छ है, दाग देखियो भने फेरि फेरि हेर्न मन लाग्दैन भनेर । आज संयोगवस अन्तर्वार्ताको संयोग मिलेको छ । मलाई मनमा के लागिरहेको छ भने, तपार्ईंंलाई के सोधौं, के नसोधौं होइन, संसारमा शब्दहरुको, अन्तर्वार्ताहरुको अर्थहीनता बढ्दैछ, नेपालमा मात्रै होइन । अमेरिकामा त्यत्रो आज बोलेको कुरा भोलि ठेगान छैन, भोलि बोलेको पर्सी ठेगान छैन । कस्तो कस्तो लाग्छ, आजको संसार तपार्ईंंले नियाल्दा, आजको नेपालको परिस्थितिको नेपाल नियाल्दा तपार्ईंंलाई कस्तो महशुस हुन्छ भनेको, यो मैले खाली मनमा आउँदा सोचिराखेको, कहाँ आइपुग्यौं हामीहरु ? संसार अनि नेपाल ? हुन त यहाँ मान्छेहरुलाई चिथोर्ने प्रश्नहरुको अपेक्षा होला । विद्यादेवी भण्डारीको बारेमा तपार्ईंंको के विचार छ, रवि लामिछानेको विषयमा के विचार छ, त्यसलाई एकछिन् पर राखौं । म त्योभन्दा अलिक बृहत् कुराबाट सुरु गर्न चाहन्छु ।
हामीले राष्ट्रिय हिसाबले र विश्वव्यापी हिसाबले पनि मानव जातिले असाधारण विकास गरेको छ, प्रगति गरेको छ । यो धेरै राम्रो कुरा हो, पहिलो कुरा । प्रगति सामाजिक प्रबन्ध र सुप्रबन्धका हिसाबले, आर्थिक जीवनका हिसाबले समग्र सामाजिक उन्नति र प्रगतिका हिसाबले ठूलो प्रगति गरेको छ । खुसीको कुरा हो । तर, यो प्रगतिको सदुपयोग हुन पाएको भए, यस प्रगतिलाई समग्र मानव जातिको हितको पक्षमा, अशान्ति होइन, शान्तिको पक्षमा, त्रास होइन, ठुक्क हुने स्थितिको, एउटा सुरक्षित महशुस हुने स्थितिको पक्षमा प्रयोग गर्न सकेको भए, त्यस विपरीतको बाटो नलागेको भए यो संसार साँच्चै सुन्दर हुन्थ्यो । आज जति मान्छे न्युनतम् वा आधारभूत आवश्यकताहरुको परिपूर्ति नभएर साँच्चैको तड्पिने स्थितिमा छन् । त्यो स्थिति अन्त्य गर्न सकिन्थ्यो, योभन्दा अगाडि पनि सकिन्थ्यो र अहिलेसम्म राम्रो गर्न सकिन्थ्यो ।
अन द होल्ड तपार्ईंंले कस्तो फिल गर्नु हुन्छ, एज अ प्राइमिनिस्टर अफ द कन्ट्री अथवा मानिसको रुपमा उकुसमुकुस छ नि । तपार्ईंंले भन्नुभयो नि, भौतिकरुपमा भन्ने हो भने पनि नेपालमा पहिलाभन्दा बेटर छ नढाटी भन्ने हो भने, संसारमा पनि बेटर छ,
धेरै राम्रो प्रगति छ । तर, यति हुँदा हुँदै पनि उकुसमुकुस छ । तपार्ईंंलाई एउटा मात्रै कुरा जसले बदर गर्छ, त्यो चाहिँ के हो ?
मान्छे अनावश्यक स्वार्थी भयो र मानवतालाई महत्व कम दिन थाल्यो स्वार्थको कारणले । र मान्छे हिंस्रक परपीडक हुन थाल्यो पहिलेभन्दा बढी ।
त्यो स्वार्थी मान्छेको लिस्टमा तपार्ईंं पर्नुहुन्छ कि पर्नु हुन्न ?
यो मैले नै भन्दा अलिक असजिलो लाग्न सक्छ । तर यदि बोल्नै पर्छ भनेर तपार्ईंं भन्नुहुन्छ भने, म आफ्नो निजी स्वार्थका लागि काम गरिराखेको छैन ।
मानिसले आफूले आफूलाई हेर्नु गाह्रो हुन्छ ।
म तपार्ईंंलाई हेर्नु भन्छु । तथ्य प्रमाण र तर्कहरूको साथ तपार्ईंंले मलाई हेर्नुस् भन्छु र तपार्ईंंले जज गर्नुस् भन्छु । तपार्ईंं मेरो अगाडि नै जज गर्नुस् ।
मलाई चाहिँ कसैलाई पनि जज गर्न आजभोलि गाह्रो किन भइराखेको छ भने, जवानीमा म सजिलै जज गरिदिन्थे मानिसहरूलाई होइन, पञ्चायत व्यवस्था थियो । यो व्यवस्था गएपछि नेपालमा रामराज्य आउँछ, हामीहरु विमर्श चलाउन्थ्यौं । पद्म ठकुरीलाई गोली लाग्यो, रातभर म स्टोलको छेउमा बसें । उसलाई हेर्न अस्पतालमा । पञ्चायत व्यवस्था गयो, रामराज्य आएन । त्यसपछि के भन्ने भयो भने, अब यो गणतन्त्र आएपछि रामराज्य आउँछ भने । त्यसबेला पनि मैले मेरो जीवनका सत्यहरू पटकपटक बदलिए के प्रधानमन्त्रीजी । मलाई एउटै मान्छे कहिले राम जस्तो, कहिले रावण जस्तो, कहिले नारद जस्तो लाग्यो । आजभोलि म जज छोडेर अन्डरस्टान्ड अझै बुझ्औं भन्ने प्रयत्न गर्छु के ।
म राम्रो ।
यो सेतो र कालोको विभाजनको जुन पत्रकारिता मैले जीवनको कुनै कालखण्डमा गरे होला, यतिको त हैन है, तर आजको जस्तो मैले पञ्चायतकालको पनि तपार्ईंंसँग इन्टभ्युहरू गरेको छु । अहिलेको जस्तो चिथोर्ने अगाडि जो हो, त्यो चिथोरिन जाने पनि किन होला रु त्यो पनि मैले बुझ्न सक्दिनँ । पब्लिसिटीको मूल्य यत्ति पनि हुन हुँदैन कि अस्ति वामदेवलाई हेर्दै थिएँ विचारा, त्यति खराब त होइनन् के बुढा…
जति अगाडि राखेर चिथोरेको छ…
चिथोरिन नै जानी पनि, चिर्थोछ भन्ने त्यो थाहा भएपछि पनि आई रियल्ली डन नो, एउटा साह्रैै टिप्पणी पनि सुनिन्छ, तर त्यससँगै पब्लिसिटीको लोभ यति छ रे कयौं मान्छेहरुलाई कि कमोडको पारी पट्टि क्यामेरा छ भने कमोडमै टाउको डुबाउनु पनि यो अहिलेको फेरि नेपालको मात्रै होइन, आई डन्ट नो ह्वाइ द पिपल आर सो क्रेजी अबाउट पब्लिसिटी । म मूल विषयमा फर्किन्छु प्रधानमन्त्रीज्यू । आजभोलि बुझ्न अलि बढी खोज्छु । यो तपार्ईंंलाई भनौं कसरी जज गर्छ भनेर । मलाई तपार्ईंंलाई जज गर्न गाह्रो छ किनभने तपार्ईंं नेपालको इतिहासको एउटा अद्भुत पात्र हुनुहुन्छ । मिश्रित भावनाहरू छन् तपार्ईंंकाप्रति मेरो मनमा । तपार्ईंं हाम्रो स्वतन्त्रताको लागि चौध वर्ष जेल बस्नु भएको छ । अर्काले लडेर ल्याइदिएको स्वतन्त्रतामा नाँच्ने अथवा मनमौजी भन्ने कसैको अर्को व्यक्तिको स्वतन्त्रता होला, तर मलाई फ्याट्टै केही कमेन्ट गर्न केही अलिकति अप्ठ्यारो लाग्छ । त्यो हो । र साथै, तपार्ईंंले आज प्राइममिनिस्टर प्रोब्याब्ली यु कुड हाभ डन बेटर जस्तो लाग्छ मलाई । मेरो मिश्रित भावनाहरू छन् तपार्ईंंकाप्रति, फेरि तपार्ईंंले नेपालको परराष्ट्र नीतिमा दिनुभएको एउटा अभूतपूर्व डिरेक्सन छ । कसैलाई चित्त बुझोस् या नबुझोस्, अब नेपालको परराष्ट्र नीतिको जुन फन्डामेन्टल्स तपार्ईंंले परिवर्तन गरिदिनुभएको छ अथवा त्यसलाई दिशानिर्देश गर्नुभएको छ, त्यो आफ्नो ठाँउमा छ फेरि । मिश्रित भावनाहरू छन् । तपार्ईंं एउटा अद्भुत पात्र हुनुहुन्छ । म एक एउटा छोटोमा व्यक्त गर्न सक्दिनँ । नजरअन्दाज गर्न सकिन्नँ तपार्ईंंलाई । तर म चाहन्छु कि कुनै पनि खेलको, नो मैटर हाउ ग्रान्ड द शो इज और हाउ ग्रान्ड द शोमेन इज, उसले विस्तारै ओर्लिनुपर्छ । मिश्रित भावनाहरू छन् है, म अलिकति बहकीराखेको छु तपार्ईंंसँग कुरा गर्दा‘
ठिक छ ।
तर मैले बताउनु पनि पर्छ तपार्ईंंले सोध्नुभयो । त्यसकारणले गर्दा म चाहिँ अपेक्षा गर्छु कि नेपालमा तपार्ईंंलाई मात्र होइन, हरेक मान्छेलाई हरेक मान्छेले बुझ्ने कोसिस गरोस् कि हाम्रो आई थिंक वि जज वि आर ब्लिडिंग विथ जजमेन्ट भन्छ नि, हाम्रो एक अर्काका प्रति, वि आर ब्लिडिंग विथ जजमेन्ट । तपार्ईंंले एकचोटी आफूलाई फर्केर तपार्ईंं एकचोटी हेर्नुस्, कस्तो महसुस हुन्छ ? हाउ डु यु फिल ? त्यो जेलदेखि यहाँसम्म आइपुग्दा एकदम संक्षेपमा
मैले इमानदारिताका साथ काम गरेको छु । देशप्रति मैले इमानदार रहनुपर्छ भन्ने मेरो मान्यता हो । त्यस मूल्यमा म सधैं अडेको छु । जनताप्रति, जनताको बृहत्तर हितप्रति, राष्ट्रिय हितप्रति र मैले देशको लिडर गर्ने मौका पाउँदा आन्तरिक नीति वा बाह्य नीति, शासन व्यवस्थालाई सुशासनमा रूपान्तरण गर्ने र विकासको कुरालाई योजनाबद्ध ढंगले कहाँ जाने हो भन्ने गन्तव्य तय गरेर न्यायपूर्ण र विकसित व्यवस्था, विकसित पनि होस्, न्यायपूर्ण पनि होस्, विकसित त छ तर अन्यायपूर्ण होइन । विकसित पनि हुनु पर्यो र न्यायपूर्ण पनि हुनु पर्यो । त्यो व्यवस्था स्थापना गर्न मैले इमानदार प्रयास गरेको छु । त्यसकारण मैले विभिन्न क्षेत्रमा नयाँ पोलिसीहरु र वास्तवमा हामीले यो बाटो लिनु पर्छ भनेर पोलिसीहरु तय गर्ने र तिनको कार्यान्वयन गर्ने गरेको छु । काम गर्न सजिलो छैन । किनभने जनतालाई अल्मल्याउने शक्तिहरु त काफी छन् । विभिन्न स्वार्थ हावी भएपछि स्वार्थले त सबैलाई काम गरेको हुन्छ र गरेको छ । स्वार्थ पनि कस्तो भने इष्र्यागत स्वार्थहरु, अहंकारले बनेका स्वार्थहरु, इगोले पैदा भएका स्वार्थहरु, डाह अरुको प्रगति भयो भन्ने । तपार्ईंं मेरो सम्बन्धमा दुई शब्द सकारात्मक बोल्नुभयो भने विजय पाण्डे पनि झोले भएछ । के बिग्रिएको ? बिग्रिनुसम्म बिग्रिएछ । यस्तो बिग्रिएला जस्तो लाग्या थिएन, बिग्रिएछ । खतमै भएछ भनेर भरेबाट टिप्पणी सुरु हुन्छ ।
मान्छेले आफूले अवलोकन गर्न त्यति सजिलो चिज चै होइन । म तपार्ईंंलाई यति मात्रै भनिराखेको छु । तपार्ईंंको नजरमा तपार्ईंंको आफ्ना कमजोरीहरु के छन् रु जस्तो तपार्ईंंले मलाई सोध्नुभयो भयो भने म मेरा कमजोरी भन्न सक्छु । तपार्ईंंको नजरमा आफ्नो कमजोरी के छन् ?
म मानिसले भनेपछि विश्वास गर्छु । कहिले कहिले धोका खान्छु । अर्को, म एकदम हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन । मेरा थुप्रै गोलहरु मिस हुन्छन् । म आफू त्यो त्यस्तो खेलाडी अथवा अरूभन्दा कुनै विशिष्ट व्यक्तित्व, विशिष्ट व्यक्ति, विशिष्ट जानकार, विशिष्ट बुद्धिमान त्यस्तो केही ठान्दिनँ । अलिक बुद्धि कम भएको मान्छे हुँ, इमान बढी भएको हुँ । म कस्तो भने, कहिले कहिले अलिकति भावनाले काम गर्छु । त्यो भावनाले गर्दा मलाई त्यो भावनामा अलिक मानिसहरुप्रति बढी विश्वस्त हुने अथवा त्यस्तो कुराहरुमा कहिले कहिले मैले बढ्तै विश्वास गरेर धोका पाउने ।
तपार्ईंंले जो भन्दै हुनुहुन्छ कि तपार्ईंंको कमजोरीमा तपार्ईंं सजिलै विश्वास गर्ने मानिस हुनुहुन्छ भनेर भन्नुभयो । सजिलै विश्वास गर्ने मानिस भनेपछि त तपार्ईंंले आफ्नो वरिपरीको सर्कल हेर्नुपर्यो । राइट सर, द पिपुल यु आर सराउण्डेड विथ ।
त्यति मात्र होइन ।
यो बालुबाटारमा एकचोटी कृष्णप्रसाद भट्टराइले मलाई के भन्नुहुन्थ्यो भने नि, यो बालुबाटारभन्दा अगाडि प्रसंग वस तपार्ईंंकै किताबको उद्घाटनमा मलाई दुई शब्द बोल्ने मौका दिनुभएको थियो । मैले यो बालुबाटारको कोठा कोठामा रक्सी खाएर छादेको छु भने मैले त्यसै । मेरो निहित अर्थ के थियो भने आई नो दिस सो वेल, इच एन्ड एवरी रुम भन्ने थ्यो । मैले प्रतीकमा बोलेको, रक्सी त जम्मा यहाँ मैले छ प्याक खाएको छु साँचै भन्दा । शेरबहादुर देउवाको पालामा चार प्याक, किसुनजीको पालामा दुई प्याक । बाहिर खाइयो होला । खैर, तपार्ईंंको अघिको सन्दर्भमा किसुनजीले के भन्नुहुन्थ्यो भने कि यो बालुवाटारमा बस्ने मान्छेले यहाँको मुखियाले या प्रधानमन्त्रीले यसले नजिकको चश्मा चाहिँ एकदम बलियो लगाउनु पर्छ । त्यसैले अघि पनि भन्नुभयो नि, म मान्छेलाई पत्यार गरी हाल्छु भनेर । तपार्ईंंको नजिकको चश्माको क्षमतामा तपार्ईंंलाई कस्तो लाग्छ रु किनभने एउटा प्राइम मिनिस्टर भएपछि उसको एउटा सर्कल हुन्छ, उसको एउटा सेक्रेटेरी हुन्छ ।
मैले विश्वास गर्छु ।
अथवा तपार्ईंंका राजनीतिक कलिक्सहरु होला अथवा तपार्ईंंका सामाजिक सम्बन्धहरु होला…
मैले विश्वास गर्छु र म के ठान्छु भने, मेरो नजरिया ठीक छ–यस सम्बन्धमा । मेरो हेराई ठीक छ । मेरो मूल्याङ्कन ठीक छ । अब कहिले कहिले कालान्तरमा गएर एस्तो के ठानेको, के निक्लियो जस्तो मैले त्यो पाउछु । कहिले कहिले मैले शंकाको लाभ दिएर फेरि विश्वास गर्छु मान्छेहरुलाई । मैले थुप्रैलाई त्यसरी विश्वास गरेको छु । विश्वास गर्न नहुने खालका मान्छेहरुलाई अब मलाई विश्वास गर्नुस् भनेपछि विश्वास गरेको छु । तर त्यो शंकाको लाभ पछि दुरूपयोग हुन्छ ।
तपार्ईं आफ्नो विपक्षीहरुप्रति, दुष्ट हुनुहुन्छ एकदम, भिकोइस भन्छ नि, एकदम निर्मम हुनुहुन्छ भनेर मैले भने, त्योसही हुन्छ या गलत हुन्छ ? जस्तो, उदाहरणका लागि माधव नेपाल…
उहाँँ मेरो विरोधी‘ हो र ?
को ?
माधव नेपाल । एउटा तपार्ईंंले के बुझ्नुस् भने नि, प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ राजनीति रूपमा । वैचारिक भिन्नता छ, दार्शनिक र राजनीतिक भिन्नता छ । अलिकति अब, अलिकति क्लास आउटलुकको भिन्नता होला, स्वार्थहरुको भिन्नता होला । तर नेपाली कांग्रेस र एमाले फेरि प्रतिस्पर्धी पार्टी पनि हुन् नि । अनि, मेरो सबैभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।
हाल… हाल !
मेरो तर्फबाट सँधैैका लागि, उहाँँले अन्यथा नगरेसम्म मेरो तर्फबाट सदैका लागि । उहाँँले अन्यथा गरेपछि त फेरि एउटै हात राखेर ताली बजाउ भन्दा कसरी बज्छ र ! मेरो हात यस्तै हुन्छ । अर्कोले हात झिकिसकेको हुन्छ भने त बेग्लै कुरा हो । अदरवाइज मेरो तर्फबाट‘
सम्बन्ध त तपार्ईंंको स्वर्ग जाने र नर्क जाने भनेर प्रचण्डजीसँग पनि थियो नि ?
स्वर्ग जाने नर्क जाने सम्बन्ध थियोे । भन्नुभएको हो, उहाँँले पनि धेरै पल्ट भन्नु भएको हो । ‘धेरै पल्ट धोका दिनुभएको हो । स्वर्ग जाने, नर्क जाने, हाम्रो विषयमा मौखिक मात्रै होएन । त्यै शब्दमा लिखितम् नगरे पनि धेरै शब्दमा धेरै पल्ट लिखितम् गरेका हौं । पछि, ती लिखितम्हरू अर्थहीन भएर गएका हुन् र नभएका कुराहरू पछि आएका हुन् । तपार्ईंंले यो पछिल्लो पल्ट उहाँँले पार्लियामेन्टमा बोलेको सुन्नु भयो होला ।
सुन्दिनँ, मोटामोटी कुराहरु मात्रै थाहा हुन्छ, मलाई ।
त्यही मोटामोटी थाहा हुँदा पुग्छ । उहाँँले मोटामोटी जे भन्नु भयो नि, त्यहाँ‘।
यहाँ कोही पनि मान्छेले पाँच वर्षपछि उसको कुरा सुन्यो भने पनि खासै केही…
त्यसो भएर उहाँँले जे जसरी प्रस्तुत गर्नुभयोे, त्यसले बताउँछ– उहाँँभित्र के छ भन्ने कुरा । हिजो पनि देखिए ।
उहाँँलाई एकछिन् छोडिदिऊ । तपार्ईंको अघि हामी कमजोरीहरूको कुरा गर्दै थियौँ । तपार्ईंंले भन्नु भयो कि म मान्छेलाई विश्वास गर्छु । म यो भन्दैछु कि तपाईंलाई सायद आफ्नो सर्कल छान्न आउँदैन होला ?
त्यस्तो होइन । सर्कल भनेको मैले विश्वास भनेको मैले निकटवर्तीहरुको मात्रै कुरा गर्दिनँ, परिवारको मात्रै कुरा गर्दिनँ, साथीभाइको मात्रै कुरा गर्दिनँ । अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु । जस्तो के भने, मैले तपार्ईंंसँग मेरो खासै लेनदेन आदि इत्यादि त केही छैन ।
केही छैन, तपार्ईंले मलाई एकचोटी त्यो एउटा चिया दिइनुभएको थियो । त्यो तपार्ईंंलाई कोही चाइनिज डिग्निटरीले दिएको थियो ।
हो ।
त्यो एकदमै राम्रो थियो । ब्रिफकेसमा थियो त्यो चिया ।
अच्छा !
तपार्ईंंले मलाई ब्रिफकेसमा दिइराखेको तस्बिर बाहिर आयो भने म मरेपछि त्यो चिया थियो भनेर बुझिदिनुहुनु दर्शकलाई, किनभने केपी ओलीले यसलाई ब्रिफकेसमा…(हाँसो) । तपार्ईंं त ठट्टा गरेर माथि यो पनि भन्नुभएको थियो कि एकचोटी यसलाई हल्लाउँदै तलबाट जा भनेर…
अर्थात् तपार्ईंं र मेरो सम्बन्ध कति रहेछ भने एकपल्ट चिया दिएको कुरो पनि तपार्ईंंले सम्झनु भएको छ । त्योभन्दा न भूत, न भविष्य । त्यो भन्दा अगाडि पनि केही दिएको रहेनछ, पछि पनि दिएको रहेनछ । कुनै सम्बन्ध लिनु न दिनु, गोरु बेचेको साइनो पनि रहेनछ भनेपछि एकपल्ट चिया दिएको…
तपार्ईंंले यो एउटा मेरो रुख पनि लाइदिनु भएको थियो । यहाँ बालुवाटारमा ।
बालुवाटारमा तपार्ईंंको रुख छ ।
तपार्ईंं यहाँ बसे पनि नबसे पनि पनि त्यो रुख त एउटा बसिराखेको छ ।
तर त्यति हुँदा पनि म तपार्ईंंलाई विश्वास गर्छु । अब किन विश्वास गर्छु भन्दाखेरी तपार्ईंंले मलाई के दिनुभएको छ, मैले तपार्ईंंलाई के दिएको छु भनेर त यो विश्वासको कुरो होइन नि, विश्वासको कुरा भनेको यु आर अ गुड पर्सन, गुड म्यान । मलाई त्यो लाग्यो । त्यसकारण मैले विश्वास गर्छु । त्यसमा अन्यथा नभएसम्म फरक नपरेसम्म तपार्ईंं विश्वास कायम राख्ने भए । तर कहिले कहिले मान्छेहरूमा, तपार्ईंंको मामला त्यस्तो नहोस् म चाहन्छु । कहिले कहिले कोही कोही मान्छेहरूका ठाउँमा एउटा चिज ठानिराखेको हुन्छ नि मान्छेलाई, मसँगको कारोबारमा धोका दियो भन्ने मात्र कुरा होइन, कि मैले जो मान्छेलाई जे ठानेको हुन्छु, त्यो मान्छे परलोकको अर्को पनि निस्किन्छ । चिनियाँ नाटक जस्तो नि, चिनियाँ नाटक एउटा कस्तो नाटक छ भने एकपल्ट यस्तो टाउको हल्लाउँछ बादशाह भएर निस्किन्छ । अर्कोपल्ट यस्तो गर्दाखेरि क्वीन भएर निस्किन्छ, त्यहाँ । अर्को पटके टाउको हल्लाउदाखेरि अर्को भएर निस्किन्छ । यस्तो टाउको हल्लाउदाखेरि फेरि अर्को भएर निस्किन्छ । टाउको हल्लाउन नपाइकन मान्छे अर्कै देखिन्छ । आश्चर्यचकित, जेन्डर पनि परिवर्तन भएको छ, त्यो पनि देखिएको छ, रंग पनि परिवर्तन भएको छ, उमेर परिवर्तन भएको छ ।
एनिवे वे, तपार्ईंंले चाहिँ आफ्नो कमजोरी खासै नलाग्दो रहेछ । इज भेरी डिफिकल्ट फर यु टु एक्सेप्ट योर फल्ट्स आई थिंक ।
अँ–मैले जानेर कुनै कुकर्म गर्दिनँ, कहिल्यै । जानेर असत्यको बाटो हिंड्दिनँ । त्यसो भएर मैले सिम्प्ली भने नि, कहिले कहिले गल्तीहरू भएका होलान् । तर यो देशको विरुद्ध कहिले गल्ती भएको छैन, जनताविरुद्ध कहिले गल्ती भएको छैन । मैले गल्ती गरेको छैन, कहीं बेइमानी मैले गरेको छैन ।
प्रधानमन्त्रीको पद फेरि यस्तो पद हो, तपार्ईंंले गल्ती नगरेपनि पनि तपार्ईंंले गर्न सक्ने जति गर्नुभएन भने पनि त्यसलाई हामी गल्ती भनौँ कि त्यसलाई चाहिँ हामी उपलब्धि हासिल गर्नुपर्ने जति नसकेको हो ?
नसकेको, नसकेको भन्न सकिन्छ ।
द्याट यु अग्री, हैन रु यु कुड ह्याभ डन मोर । मलाई पनि त्यस्तो लाग्छ कि देशको प्रख्यात उद्योगपतिसँग म थिएँ, करदाता पनि ठूलो फेरि, उद्योगपति त धेरै छन्, लार्जेस्ट करदाता । उनले के भनेभन्दा ओलीजी कुड हाभ डन मोर विथ हिज अथरिटी, त्यो पुरानो तपार्ईंंको जब प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यस वखतमा…
उहाँले अलिकति के नबुझेको हो भने नि, यो देशमा अहिले पनि व्यवस्था राम्ररी थिग्रिसकेको छैन । व्यवस्था त हामीले ल्यायौ, संविधानको पनि व्यवस्था गर्यौ । संविधानै पनि व्यवहारले देखाएको छ, थिग्रिसकेको छैन । र यस देशमा म मात्रै छैन । पावर एक्सरसाइज, कार्यकारी पावर एक्सरसाइज पनि कार्यकारिणीले मात्रै गरिराखेको छैन, यस देशमा ।
यहाँ ठ्याक्कै भन्न सकिँदैन कि कार्यकारीसँग कति कार्यकारी अधिकार छ, जुडिसीरीसँग कति छ, अथवा लेजेस्ट्रेसीसँग कति छ अथवा तपार्ईंंले क्रिएट गरेका संवैधानिक निकायहरू छन्, रियली डु नट नो ।
हो, त्यसो भएर मान्छेले यसो हेर्दा कार्यकारी प्रमुखले किन गर्न सक्दैन रु मन्त्रिपरिषद्ले गर्न नसक्ने के छ रु मन्त्रिपरिषद् यति बलियो छ किन गर्न सक्दैन भन्ने । यसका थुप्रै पाटाहरू छन् । मैले कोलिशन कल्चर मात्र नै होइन, कोलिशन अन्डरट्यान्डिङ राख्नुपर्छ अहिलेको अवस्थामा । नत्र देशमा ठूलो इन–एस्टेबिलिटी फेरि सुरु हुन्छ । त्यसो भएर त्यसलाई रोक्नका लागि थुप्रै कामहरू गर्नुपर्छ । अर्को, यस देशमा अन्य निकायहरू पनि छन् । अंगहरू छन्, संवैधानिक अंगहरू, जसले आफ्ना–आफ्ना ठाउँमा बसेर कति काम गर्छन्, ठाउँ छोडेर कति काम गर्छन्, त्यो अझै हामी अभ्यासको क्रममा छांै । त्यो थिक्रिदै जाने, त्यो परिमार्जित हुँदै जाने अभ्यासमा छ ।
यो चाहिँ साह्रै महत्वपूर्ण कुरा अहिले बताउनुभयो प्रधानमन्त्रीजीले, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा चाहिनेभन्दा बढ्ता चिजहरू ठोकिराखेको छन् हाम्रो समाजमा । व्यवस्थापिकामा कानुनहरू अड्किराखेका छन्, हैन । सो यु आर नट वान्ली द पर्सन, हैन । नेपालको प्रधानमन्त्रीको सीमाहरू के छन्, यो संविधानअन्तर्गत ?
पहिलो कुरा त, नेपालको प्रधानमन्त्री भनेको खास अधिकारप्राप्त प्रधानमन्त्री नै कभीकभार मात्रै हुन सकेको छ । ०४८ मा अलिकति हुन सक्यो ।
गिरिजाबाबु हुँदा ?
गिरिजाबाबु हुँदा । किनभने उहाँँसँग मेजरिटी थियो । आफ्नो एकल पार्टीको मेजरिटी थियो । दोस्रो, मिलीजुली सरकार थिएन, एकल सरकार कमसेकम थियो अल्पमतको भएपनि, थोरै समय भएपनि एमालेको–मनमोहनजीको नेतृत्वमा । त्यसपछि, गिरिजाप्रसाद कोइरालाजी, किसुनजीहरूले नेतृत्व गर्नुभयो अलि समय । उहाँहरुको बहुमतको सरकार थियो, ०५६ मा । त्यस यता बहुमतको एउटा एक ढंगले भन्ने हो भने जवान नै रह्यो । यो ०५२ भन्दा पछि देशमा अर्कै परिस्थिति बढ्यो फेरि ।
माओवादीको अर्कै वाचा सुरु भयो ।
माओवादी पैदा भएपछि त अर्कै परिस्थिति, डेमोक्रेसी स्ट्रेंथेन हुने होइन कि, डेमोक्रेसी माथि प्रहारको जमाना सुरु भयो । अर्को ढंगले प्रहार, एउटा दक्षिणपन्थी प्रहार थियो । अर्को उग्रवामपन्थी प्रहार, उग्रदक्षिणपन्थबाट उग्रवामपन्थ प्रहारमा गयो डेमोक्रेसीमाथि । अब त्यस स्थितिले धेरै चिजलाई खलबलाइदियो । जो डेमोक्रेसी खलबलाउने, उसैले सरकार प्राप्त गर्ने, सरकारको नेतृत्व प्राप्त गर्ने र त्यहाँ बसेर बेथिति शुरु गर्ने अवस्था पनि बन्यो ।
यसमा के भयो नि, तपार्ईंंले अगि शृङ्खलाबद्धरूपमा यो देशमा बलियो सरकार थोरै चोटी आएको छ भने, एकचोटी फेरि तपार्ईंंसँग आयो नि । तपार्ईंं र प्रचण्डजी मिलेर जो बलियो आयो नि, तपार्ईंंले निकै चीजहरू चेञ्ज गर्न सक्नुहुन्थ्यो, भनेको मैले ।
गरिएको छ ।
त्यो प्रचण्डजी र तपार्ईंंको जो सिङ्गल पार्टी सरकार थियो ।
म प्रधानमन्त्री हुँदा त्यतिबेला सिङ्गल थियो । यद्यपि त्यहाँ पार्टी एकीकरण गरे पनि पार्टी एकीकृत भएको थिएन । पार्टी दुईवटा ल्याएर एक ठाउँ राखेको मात्रै हो । त्यो मिक्सअप भएको थिएन । त्यसो भएर त्यो परिस्थिति एकदम बहुमत जस्तो झन्डै दुई तिहाइको अवस्था त थियो । तर त्यसरी काम गर्न पाउने अवस्था थिएन । दुईवटा पार्टीको दुई वेग्लै वेग्लै खालको स्थिति थियो ।
मलाई तपार्ईंंलाई अनेस्ट्ली भन्नुपर्दा खेरी, आई फिल इन हाइंडसाइट, कि तपार्ईंं त्यहँ चुक्नुभयो वा अपेक्षाकृत आशा थियो कि मान्छेको यत्रो बलियो सरकार छ । नतिजाहरू आएनन् ?
नतिजा आएनन् भनेको केमा नतिजा आएनन् ?
अपेक्षाकृत, यो लामो डिस्कशन हुन्छ, हैन ?
त्यसको म एकदम तयारै छु । जस्तो, पोलिटिक्समा त्यत्रो इन–स्टेबिलिटीका प्रयास जति भएनि, त्यसका बावजुद त्यो मैले धेरै मेहनतले त्यतिबेला त्यस्तो परिस्थितिमा स्टाबिलिटी कायम गरेको हो । अब त्यसभित्र पोलिटिकल स्टेबिलिटी एउटा, दोस्रो, इकोनोमिक डेभलपमेन्ट, गुड गभर्नेन्स, मुख्य कुरा यी तिनवटा पक्ष । त्यसका लागि पूर्वसर्त पोलिटिकल स्टेबिलिटी मेरो सधैं जोड राख्ने कुरा त्यो हो । त्यतिबेला कम्पेरेटिवली स्टेबल सरकार थियो । अर्को, हुन त अब पछि सबैले लागेर फेरि कस्तोभित्र काम गरिराखेको थियौँ म भन्नि कुरा त त्यो पछि प्रकट भयो नि, खुलस्तै भयो नि, त्यो त बाहिरै आयो नि । त्यसमा पार्टी के हालतमा थियो भन्ने कुरा पनि त्यहाँ देखियो । तपार्ईंं यो बताउँदै हुनुहुन्छ कि नेपालमा प्रधानमन्त्रीका सीमाहरू छन् भन्ने मैले जो सवाल थियो, त्यसमा तपार्ईंं के भन्दै हुनुहुन्छ भने नेपालमा फुल फ्लेजेड काम गर्न सक्ने प्रधानमन्त्री आएको अवस्थाहरू एकदम कम छ, एक । दुई, तपार्ईंंले के भन्नुभयो भने, कि नेपालमा जो कार्यकारीको प्रमुख छ, त्यो वर्तमान à
