नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ । सोमबार ९ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो । आजको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोपका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि आइतबार कांग्रेस–एमालेका शीर्ष नेताबीच यस विषयमा छलफल भएको थियो । उक्त छलफलमा सामाजिक सञ्जालमा आरोप लगाएकै भरमा आरोप पुष्टि नहुने निष्कर्ष निकालिएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE