बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राष्ट्र बैंक बोर्ड बैठक बस्दै मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा

काठमाडौं,– नेपाल राष्ट्र बैंक मौद्रिक नीतिकाे अर्धवार्षिक समिक्षाकाे अन्तिम चरणमा पुगेको छ । मौद्रिक नीति समिक्षाका विषयमा आज राष्ट्र बैंक सञ्चालक समिति बैठक बस्ने भएको हो । सो बैठकबाट पारित भएपश्चात् मात्रै मौद्रिक नीति समिक्षा सार्वजनिक हुने केन्द्रीय बैंकका एक निर्देशकले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रासाद अधिकारीको अन्तिम मौद्रिक नीति समिक्षा भएकाले सबैको ध्यान यतातर्फ गएको देखिन्छ। अधिकारीको अन्तिम मौद्रिक नीतिको समीक्षा भएका कारण मौद्रिक नीति जस्तै मौद्रिक नीति समीक्षा नै खुकुलो आउने अपेक्षा गरिएको छ । मौद्रिक नीति समीक्षाका लागि केन्द्रीय बैंकले सबै क्षेत्रसँग सुझाव संकलन समेत गरेको छ ।

राष्ट्र बैंकले सुरुमा नै लचिलो नीति लिएको बताउँदै पहिलो त्रैमासिक समिक्षामा नीतिगत परिवर्तन नगरेकाले यसपटक पनि खास नीतिगत परिवर्तन नहुने हो कि भन्ने कतिपयले धारणा व्यक्त गरेका छन् । लामो समययता बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिदो क्रममा छ । बैंकिङ्ग क्षेत्रबाट हुने कर्जा प्रवाहमा सुधार नआउँदा प्रणालीमा पैसा थुप्रिएको हो ।

बैंकिङ्ग प्रणालीमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले लगानी बढ्ने हिसाबले मौद्रिक नीति समिक्षा गर्नुपर्ने अवस्था आएको बैंकिङ्ग विज्ञहरु बताउँछन् । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x