बिहिबार, माघ २२, २०८२
Thursday, February 5, 2026

सरकार–जेनजीको सम्झौताविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं – सरकार र जेनजी प्रतिनिधिबिच भएको सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिट सुनुवाइका लागि पेशी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा बुधवार अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा सुनुवाइ हुने भएको हो ।

गत पुस ३ गते अधिवक्ता डा प्रेमराज सिलवाल र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले  दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधानविपरीत भएको उल्लेख गरिएको थियो।
उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाएका थिए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै सरकार र जेनजी प्रतिनिधिबिच मंसिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौताका प्रावधानहरू कार्यान्वयन भएमा राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भन्दै अन्तिम फैसला आउँदासम्मका लागि यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x