शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

प्रधानमन्त्री शाहकाे सांसदहरूसँग छलफल आरम्भ

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गर्नुभएको छ ।

उहाँले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राससलाई जानकारी दिनुभयो ।

“प्रधानमन्त्रीज्यूले  क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो । तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उहाँले भन्नुभयो ।

प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिनुभयो । सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ (ज) संशोधन गर्नुपर्नेबारेमा ध्यानाकर्षण गराएको बताउनुभयो । रासस 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x