बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र पेस

गण्डकी,- सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा आज अभियोग पत्र पेस भएको छ।

जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सभापति लामिछानेसहित सहकारी ठगीका आरोपित अन्य व्यक्तिविरूद्ध पनि अभियोग पत्र पेस भएको जानकारी दिए।

‘अहिले अभियोग पत्र रुजुको काम भइरहेको छ, लामिछानेलगायतविरूद्ध आजै मुद्दा दर्ता हुन्छ, अदालतले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ, उनले भने।
रविविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता हुने छ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ता हुने छ।

पोखराको सूयदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए।

उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x