बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षासमितिको बैठकमा सहमति जुट्न नसकेपछि आन्तरिक छलफलमा सांसदहरू

काठमाडौं – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बालविकास (ईसीडी)का विषयमा सहमति जुट्न नसकेपछि सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् । ऐनमा बालविकास सहयोगी कार्यकर्तालाई शिक्षक नै लेखेर जाने विषयमा सहमति जुट्न सकेको छैन ।

सांसदहरूको एक समूहले ईसीडी पढाउनेहरू राजनीतिक दलका कार्यकर्ता भएकाले उनीहरूलाई शिक्षक मान्दा शिक्षक सेवा पास गरेर आएका शिक्षकहरूको अपमान हुने तर्क गरिरहेको छ ।

त्यस्तै, बालविकास सहयोगी कार्यकर्तालाई योग्यताका आधारमा पारिश्रमिक दिनुपर्ने विषयमा छलफल भइरहेको छ ।

आन्तरिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठ, सभापति अम्मरबहादुर थापा, शिक्षामन्त्री रघुजी पन्त, छविलाल विश्वकर्मालगायत छन् ।

आज बिहान ८ बजे बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x