बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

निर्मला पन्त प्रकरणमा पत्रकार भण्डारीलाई कैदको फैसला

धनगढी: कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणसँग जोडिएको गाली–बेइज्जती मुद्दामा पत्रकार खेम भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ।

न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई एक महिना कैद, १० हजार रुपैयाँ जरिवाना र १ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो।

जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दका अनुसार पत्रकार भण्डारीले निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोडेर समाचार लेखेको भन्दै तत्कालीन एसपी (हाल अवकाशप्राप्त एसएसपी) दिल्लीराज बिष्टका छोरा किरण बिष्टले उजुरी दिएका थिए।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर घरबाट निस्किएकी १३ वर्षीया पन्तको भोलिपल्ट भीमदत्त नगरपालिका–२ स्थित निम्बुखेडा खोलानजिकैको उखुबारीमा शव भेटिएको थियो।

बालिकाको बलात्कारपछि हत्या गरिएको पुष्टि भए पनि घटनाका दोषी हालसम्म पहिचान हुन सकेका छैनन्।

प्रहरीले प्रकरणको अनुसन्धान जारी रहेकाे बताउँदै आएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x