देउवाले पार्टीलाई फुट्नबाट रोक्ने प्रयास गर्दै
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई फुट्नबाट रोक्ने बताएका छन्।
सभापति देउवालाई भेट्न नेविसंघ केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए।
विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशनको तयारी तीव्र पार्दा कांग्रेसभित्र मतभेद बढ्दो छ।


WRITE COMMENTS FOR THIS ARTICLE