शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

नेपाली कांग्रेसमा सभापति र महामन्त्री बिच बिवाद कायमै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको छलफल निष्कर्षविहीन बनेको छ । देउवाले आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए ।

केन्द्रीय समितिमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन सभापति देउवाले उनीहरुसँग छलफल गरेका हुन् । छलफलमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पनि सहभागी थिए । बैठक पुनः बस्ने गरी छलफल सकिएको उपसभापति धनराज गुरुङले जानकारी दिए । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार छलफल सहमति उन्मुख रहेको छ । ‘सबै विषय सहमति उन्मुख छ । सबै एजेन्डामा सहमति सहित १६ गते केन्द्रीय समिति बैठक बस्छ‚’ उनले भने ।

कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसि र महामन्त्री गगन थापाको चुनाव अघि गठबन्धन गर्न नहुने र कांग्रेसलाई रूखमा भोट हाल्ने निर्णय हुनुपर्ने प्रतिवेदनमा विवाद छ । सोही विवादका कारण साउन २३ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा निर्णय लेख्न सकिएको छैन ।

सहमति जुटाउन भन्दै पटक पटक बैठक स्थगन गरेर कांग्रेसमा सभापति देउवाले प्रतिवेदन परिमार्जन गराउन चाहेका छन् । संस्थापन पक्ष कुनै पनि हालतमा परिमार्जन गराउन चाहन्छ भने इतर समूहले प्रतिवेदन पारित हुनुपर्ने अडान कायमै राखेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x