बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा अहिले उनीहरूबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच समसामयिक विषयमा छलफल चलिरहेको बताएको छ । खासगरी राष्ट्रपतिले केही समय फिर्ता पठाएको विधेयकबीच कुरा भइरहेको बताइएको छ ।

राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि साउन ८ गते प्रतिनिधिसभामा फिर्ता पठाएका थिए ।

सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका हुन् ।

संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा पठाएको थियो । दुवै सदनबाट पारित भइ आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिकहाँ पेस भएको थियो ।

परिषद्का दुई जनाले मात्रै निर्णय गर्न सक्ने व्यवस्थाप्रति असहमति जनाउँदै विधेयक फिर्ता भएको हो ।

अध्यक्ष र दुईजना सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एकजना सदस्यसहित कम्तीमा दुईजना उपस्थित भएमा गणपूरक संख्या पुगेको मानिनेछ अन्य व्यवस्था विधेयकमा थियो ।

सभामुख देवराज घिमिरेले पनि केही दिन पहिले यही विषयमा राष्ट्रपति पौडेलसँग छलफल गरेका थिए । यसअघि प्रधानमन्त्री ओलीले एकपटक राष्ट्रपतिलाई भेटिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x