बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

‘विप्लव’, भुसाल र शर्मा एउटै मञ्चमा देखिए

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एसका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा फेरि एउटै मञ्चमा देखिएका छन् । बुटवलस्थित शहीद बेपत्ता स्मृति प्रतिष्ठानले आयोजनाको गरेको ‘वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तर्क्रिया’ कार्यक्रममा सम्बोधन गर्न नेताहरू बुटवल पुगेका हुन् ।

तीनै जना नेताले अन्तर्क्रिया बोल्ने क्रम जारी छ । उनीहरूले वर्तमान राजनीतिको गतिरोध र अबको बाटो विषयमा संक्षिप्त धारणा राख्ने कार्यक्रम छ । पछिल्लो समय यी तीन नेताहरूको निकटपनलाई ‘नयाँ पार्टी बनाउने विचारधारा निर्माण भएको’ रूपमा बुझ्ने गरिएको हो ।

त्यसो त गत पछिल्लो पुष्पलाल स्मृति दिवसमा एउटै मञ्चमा उभिएर शीर्ष दल र तिनको भूमिकामाथि तीनै जना नेताले खरो टिप्पणी गरेका थिए । शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहालमाथि उठाएका प्रश्नले राजनीतिक वृत्तमा तरङ्ग मात्रै ल्याएको थिएन, माओवादीको बैठकमा उक्त विषयले प्रवेश पाएको थियो । दाहालसँग फरक मत राख्दै आएका शर्माले कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् ।

आजै विराटनगर पुगेका अध्यक्ष दाहालले शर्माबारे टिप्पणीसमेत गरेका छन् । शर्मालाई लक्षित गर्दै दाहालले पार्टीभित्रकै मान्छेले स्वार्थ समूहको पक्षलाई बल पुग्ने गरी बोलिरहेको भनेका छन् । उनले आउँदो स्थायी समितिको बैठकमा शर्माले बोलेका विषयबारे समीक्षा गर्ने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x