शुक्रबार, फाल्गुन २९, २०८२
Friday, March 13, 2026

प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन भ्रमणमा जाने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन भ्रमणमा जाने भएका छन् ।

प्रधानमन्त्री ओली स्पेनको सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेको परराष्ट्रमन्त्री डा. अर्जु राणा देउवाले जानकारी दिएकी हुन् ।

शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन् ।

नेपाल पनि यस सम्मेलनको आयोजक समितिमा समेत रहेको र सम्मेलनमा नयाँ र उदीयमान मुद्दाहरू, दिगो विकास लक्ष्यहरू कार्यान्वयन बारे छलफल हुने उनले जानकारी दिएकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x