मङ्लबार, भदौ ३०, २०८३
Tuesday, September 15, 2026

कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ ।

सोमबार पूर्वसभापति शेर बहादुर देउवा निवास महाराजगंजमा बसेको सो समूहको बैठकले सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेकाले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।

यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।

संस्थापन इतर समूहले भने आफुहरु कुनै पदका लागि नभइ पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५ औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको हो ।

बैठकपछि कांग्रेस नेता डा प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र सोमबार चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए ।

कांग्रेसको कार्यसम्पादन समिति बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x