शनिबार, फाल्गुन १६, २०८२
Saturday, February 28, 2026

सुधन गुरुङ रास्वपामा प्रवेश

काठमाडौं –  काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

अहिले रास्वपा कार्यालयमा बालेन र सुधनलाई औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

सुधनले भनेका छन्, ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो।’

सुधनले फागुन २१ गतेको चुनावमा गोरखा २ बाट उम्मेदवारी दर्ता गर्ने योजना अनुसार रास्वपा प्रवेश गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ । उहाँले फेसबुकमा थप लेख्नुभएको छ, ‘तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ। मिसन गोरखा क्षेत्र नम्बर –१’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x