देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
काठमाडौं – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूह र नेता डा.शेखर कोइराला समूहले छुट्टै कार्यालय खोल्ने तयारी गरेका छन् । काठमाडौँको महाराजगन्जमा रहेको अमेरिकन एम्बेसी पछाडि चुनदेवीमा कार्यालयको तयारी गरिएको कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख तथा देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय महाराजगन्जको चुनदेवीमा खोल्दैछौँ । एक–दुई दिनमा खुल्छ,’ विश्वकर्माले भने, ‘त्यहाँ नियमित महाधिवेशनको पक्षमा देखिएका सबै नेता कार्यकर्ताहरूको भेटघाट र जमघट हुन्छ ।’
गत पुस २७ देखि ३० गतेसम्म तत्कालीन केन्द्रीय समिति र सभापति शेरबहादुर देउवाको असहमतिबिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेपछि सुरु भएको विवाद अहिले चरमोत्कर्षमा छ ।


WRITE COMMENTS FOR THIS ARTICLE