मङ्लबार, असार १६, २०८३
Tuesday, June 30, 2026

नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छैन – जनार्दन शर्मा

काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र सांगठनिक रूपमा विघटित भइसकेको दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलनको पुनर्गठनका लागि नयाँ अभियान आवश्यक रहेको बताए ।

उनका अनुसार नेपाली कम्युनिष्ट आन्दोलन अहिले वैचारिक रूपमा अलमल, राजनीतिक रूपमा गञ्जागोल र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भइसकेको छ ।

‘अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलियो । वैचारिक रूपमा अल्मलियो, राजनीतिक रूपमा गञ्जागोलमा गयो र सांगठनिक रूपमा नोकरशाहीतन्त्रमा परिणत भयो,’ उनले भने, ‘कम्युनिष्ट आन्दोलन विघटित भइसकेको छ । यहाँ अहिले आन्दोलन जीवित छैन, हामी मात्र छौँ ।’

उनले कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक पुनर्गठन आवश्यक रहेको उल्लेख गर्दै नयाँ अभियानमार्फत पुनर्संरचना गर्नुपर्ने बताए ।

शर्माले एक समय देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूको करिब ७० प्रतिशत जनसमर्थन रहेको भए पनि अहिले त्यो आधार उल्लेखनीय रूपमा घटिसकेको टिप्पणी गरे ।

उनका अनुसार वर्तमान अवस्थाले आन्दोलन पुनर्गठन नगरी अघि बढ्न नसक्ने अवस्था देखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x