बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको पहिरो

काठमाडौं – भदौ महिनाको पहिलो कारोबार दिन (आइतबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उच्च अंकको पहिरो गएको छ । आइतबार २७.१४ अंकले घट्दै नेप्से २७६१.२२ को बिन्दुमा ओर्लिएको छ ।

उच्च अंकको गिरावटका बिच आइतबार सबै समूहको सूचक राताम्मे बन्यो । सबैभन्दा बढी व्यापार समूहको सूचक १.६४ प्रतिशतले घट्दा सबैभन्दा कम सामूहिक लगानीको सूचक ०.१० प्रतिशतले घट्यो ।

आइतबार कारोबारमा आएका १९१ कम्पनीको मूल्य घट्दा ५८ कम्पनीको मात्रै मूल्य बढ्यो ।

परिसूचकमा उच्च गिरावटका नेप्सेमा बिच कारोबार रकम भने बढेको छ । आइतबार २ करोड ५ लाख १३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ७३ करोड रुपैयाँमाथिको भयो ।

आइतबारको कारोबार रकमले किन्नेभन्दा बेच्नेको बाहुल्यता भएको देखाउँछ । निरन्तरको गिरावटसँगै लगानीकर्ता निराश हुँदा बजारमा सेलिङ प्रेसर बढेको देखाउँछ ।

आइतबारदेखि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर लागु गरेका छन् । साउनको तुलनामा समग्रमा वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । तर, त्यसको सकारात्मक प्रभाव नेप्सेमा देखिएन । ब्याजदर घट्दा बढ्ने नेप्से, यतिबेला घट्दा पनि बढ्न सकेन ।

यसले सेयर बजारमा लगानीकर्ता एकातिर सक्रिय नभएको र अर्कोतिर निराश भइरहेको संकेत गर्दछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x