बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आर्थिक वर्ष २०८२/८३ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं – संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८२/८३ को बजेटको मूल विधेयक (विनियोजन विधेयक) बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरूले विनियोजन विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि उक्त विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । त्यसपछि बहुमतले पारित भएको हो ।

विद्युत खरिद्बारे बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’सम्बन्धी व्यवस्था हटाइएपछि विनियोजन विधेयक पारित भएको हो ।

मंगलबारको बैठकमा रास्वपा र राप्रपा भने अनुपस्थित रहेका थिए ।

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि मात्र बजेट पारित हुने गर्छ ।

उपप्रधान तथा अर्थमन्त्री पौडेलले जेठ १५ मा सरकारको आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x