शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

इन्धनको मूल्य घटेपछि घट्ला त गाडिभाडा पनि, के भन्छन् व्यवसायी ?

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि सार्वजनिक यातायातको भाडा पनि घट्ने अपेक्षा बढेको छ। यद्यपि, यातायात व्यवसायीहरूले भने भाडा तत्काल घटाउने वा नघटाउने निर्णय सरकारको अधिकारक्षेत्रभित्र पर्ने भन्दै स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न माग गरेका छन्।

नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको छ। इन्धनको मूल्यमा आएको यो कमीपछि सार्वजनिक सवारीसाधनको भाडा पनि घट्नुपर्ने आवाज उठ्न थालेको हो।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले लागू गरेको स्वचालित प्रणालीअनुसार सार्वजनिक यातायातको भाडा समायोजन गर्न आग्रह गरेका छन्।

उनले इन्धनको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा निर्धारण हुनुपर्ने बताए। इन्धनको मूल्य बढ्दा भाडा बढाइने तर मूल्य घट्दा समयमै समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवैमा अन्योल सिर्जना गर्ने उनको भनाइ छ।

अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्रै नभई सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाटपुर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकहरूको समेत वैज्ञानिक मूल्याङ्कन हुनुपर्नेमा जोड दिए।

हाल इन्धनको मूल्य घटे पनि सार्वजनिक सवारीको भाडा समायोजन गर्ने औपचारिक निर्णय भने सरकारले गरिसकेको छैन। अब स्वचालित भाडा समायोजन प्रणालीअनुसार सरकारले नयाँ भाडादर सार्वजनिक गर्छ वा गर्दैन भन्नेमा यात्रु र व्यवसायी दुवैको चासो केन्द्रित भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x