सरकारलाई पत्रकार महासङ्घकाे ७२ घण्टे अल्टिमेटम
काठमाडौं – नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणमा अवरोध हटाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ।
महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएको हो।
महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अवरूद्ध दर्ता र नवीकरण सुरु नभए महासङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।
ज्ञापनपत्र प्राप्त गर्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र नयाँ नियमावली तुरुन्त ल्याइने आश्वासन दिनुभयो। मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ लाई संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था भएपनि हाल देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE