बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विभिन्न जात जातीको संस्कृति झल्काउने सांस्कृतिक सम्मेलन सम्पन्न

फिदिम – पाँचथरको हिलिहाङ गाउँपालिकाले आयोजना गरेको सांस्कृतिक सम्मेलन बुधबार सकिएको छ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलनमा यो क्षेत्रमा बसोबास गर्दै आएका सबै जात जातीको संस्कृति झल्काउने झाँकी सहितका नृत्य प्रस्तुत गरिए।

हिलिहाङ ५ र ६ को संगमस्थल चतुरे बजार क्षेत्रमा आयोजित सम्मलेनमा नौमती बाजा, तामाङसेलो, साकेला, बालन, संगिनी, च्याबु्रङ, धाननाच, पालाम, शेर्पा र माझीसहित १० वटा समूहले समुदायका सदस्यले आ–आफ्नो सस्कृतिमा आधारित नृत्य प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन दिएका थिए।

सम्मेलन गाउँपालिकाका ७ वटै वडाबाट आएका कलाकारसहित आम नागरिकको उपस्थितिमा सम्पन्न भएको हो। पालिका भित्रको सांस्कृतिक विविधता बिचको एकतालाई अझ प्रगाढ बनाउँदै नेपालका मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सांस्कृतिक सम्मेलन आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सुमित्रा उप्रेती सेढाइले जानकारी दिनुभयो।

गाउँपालिकाले सम्मेलनमा प्रस्तुत गरिएका सांस्कृतिक समूहलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x