बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

विप्लवको पार्टीले आगामी निर्वाचनमा भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

काठमाडौं,- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको छ ।

गत मंसिर २७ देखि पुस २ गतेसम्म कपिलवस्तुस्थित केन्द्रीय कार्यालय शिवगढीमा बसेको बैठकको निर्णय आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदै दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए ।

उनका अनुसार नेकपाले आगामी चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ ।

देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरव्याज, ऋण आतंकलगायतका मुद्दामा फागुन २ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको पनि उनले जानकारी दिए । जनमार्चमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, जवस मोर्चाका नेता, सामना साँस्कृतिक परिवार सहभागी हुनेछन्।
यस्तै नेकपाले क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग मोर्चा, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय पनि गरेको छ । उसले माओवादी केन्द्रसँग एकताको गृहकार्य गरिरहेको छ ।

पार्टीका विचार र प्रस्तावहरुलाई स्पष्ट गर्न देशव्यापी रुपमा अन्तरक्रिया कार्यक्रमहरु गर्ने पनि निर्णय गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x