बालेनले कार्यपालिका बैठक ६ महिनापछि बोलाए

काठमाडौं -काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक करिब ६ महिनापछि बस्ने भएको छ । मेयर बालेन्द्र शाह (बालेन) ले भोलि (शुक्रबार) दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन् ।
वडा नम्बर २६ का वडाध्यक्ष ख्याम तिवारीले बैठक बस्ने निश्चित भएको जानकारी दिए ‘भोलि २ बजे कार्यपालिका बस्ने भएको छ,’ उनले भने । स्थानीय सरकार सञ्चालन ऐनअनुसार कार्यपालिका बैठक महिनामा एकपटक बस्नुपर्ने व्यवस्था छ ।
बैठक आह्वान गर्ने र अध्यक्षता गर्ने जिम्मेवारी मेयरको हुन्छ । तर, काठमाडौं टावर नक्सा पाससम्बन्धी विवाद उत्कर्षमा पुगेपछि मेयर शाहले गत पुस यता कार्यपालिका बैठक डाकेका थिएनन् ।
पुसदेखि रोकिएको बैठक ६ महिनापछि बस्न लागेको हो
WRITE COMMENTS FOR THIS ARTICLE