बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

प्रधानमन्त्री सुशिला कार्कीले मन्त्रीहरूलाई राजीनामा दिन सुझाव

प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलसँग आवद्ध मन्त्रीहरूलाई राजीनामा दिन सुझाव दिएकी छन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले दलसँग आबद्ध भइसकेका मन्त्रीहरूले परिस्थितिको मूल्याङ्कन गरी आफैं निर्णय गर्नुपर्ने संकेत गरेकी हुन्।

प्रधानमन्त्रीले कुनै मन्त्रीलाई व्यक्तिगत रूपमा नाम लिएर नभने पनि दलसँग आवद्ध भएकाहरूले बुझेर कदम चाल्नुपर्ने बताएको स्रोतले जनाएको छ।

हाल ऊर्जामन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङ तथा केन्द्रीय सदस्य बब्लु गुप्ता खेलकुदमन्त्री छन्। यस्तै, सञ्चारमन्त्री जगदिश खरेल पनि ललितपुर क्षेत्र नम्बर–२ बाट रास्वपाको तर्फबाट उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। यद्यपि उनी हालसम्म कुनै दलसँग औपचारिक रूपमा आवद्ध छैनन्।

कार्की नेतृत्वको सरकार गैरदलीय सरकार हो। यस्तो अवस्थामा रास्वपासँग आबद्ध भइसकेका घिसिङ र गुप्ता मन्त्री पदमै कायम रहनु उचित नभएको भन्दै उनीहरूले राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ।

प्रधानमन्त्री निकट स्रोतले काठमाण्डुपाटीसँग भन्यो, “प्रधानमन्त्रीज्यूले चुनावमा उम्मेदवार बन्ने मन्त्रीहरूले आफैं सोचेर निर्णय गर्नुहोला भन्नुभएको हो। सम्भवतः कुलमानजी र बब्लुजीले मन्त्री पदबाट राजीनामा दिनुहुनेछ।”

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x