बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आईसीसी महिला टी-२० विश्वकप एसियामा नेपाल सुपर ३ मा प्रवेश

काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ मा प्रवेश गरेको छ । आज थाइल्यान्डमा जारी एसिया छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेट रनरेटका आधारमा नेपालले सुपर -३ मा स्थान पक्का गरेको हो ।

नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक थियो । यता हङकङले पनि समान पाँच अंक नै जोड्यो तर नेट रनरेटका आधारमा नेपालले बाजी मारेको हो । आज वर्षाका कारण खेल टस नै नभई रद्ध भएको थियो । नेपाल बढी जितका कारण अघि बढेकाे हाे ।

छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x