बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच छलफल हुँदै

काठमाडौं – मुलुकको समसामयिक राजनीतिक परिस्थिति र संसदको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रही प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच आज (सोमबार) छलफल हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ४ बजे उक्त छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सहभागिता रहने बताइएको छ।

सचिवालयका अनुसार, बैठकमा मुख्यतया संसदमा जारी अवरोध हटाउने, र अन्य राष्ट्रिय महत्वका विषयमा सहमति जुटाउने प्रयास गरिनेछ। !

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x