बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

छिट्टै ठूलो आन्दोलन हुन्छ-पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् । बिहीबार १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे ।

‘मजदुर साथीहरू, तपाईहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ’, उनले भने । उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । ‘तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ’, उनले भने ।

प्रचण्डले सरकारमा जाने रुचि समेत नरहेको जिकिर गरे । ‘हामी अब फेरि एकचोटी यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नु होला’, उनले भने । सरकारले सुशासनविरुद्ध भ्रष्टाचारको पक्षमा काम गरिरहेको प्रचण्डको आरोप छ । उनले सिंगै राजनीतिक परिवर्तन उल्ट्याउन खोजिएको बताए । उनले कस्तो खालको क्रान्ति गर्ने समय आएको भन्ने चाहिँ व्याख्या गरेनन् । प्रचण्डले हालै सकिएको हुलाकी राजमार्गकेन्द्रित अभियानको चर्चा गर्दै पार्टीमा यसले निकै उत्साह थपिएको उल्लेख गरे । अभियानका क्रममा आफूहरु एक करोड जनताकाबीचमा गएको दाबी समेत प्रचण्डले गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x