शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

कलेज अफ मेडिकल साइन्स र प्रभु बैँकबीच विशेष छुटसम्बन्धी सम्झाैता

चितवन, भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेडबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्सेसका तर्फबाट एडिस्नल डाइरेक्टर डा.मनोहर प्रधानले कलेज अफ मेडिकल साइन्सेस र प्रभु बैंकबीच विशेष छुट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्सेससँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सीओएमएसमा उपचार गर्दा औषधि, सिटीस्क्यान र एमआरआईबाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत २० प्रतिशतसम्मको छुट पाउने छन् ।

प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले कलेज अफ मेडिकल साइन्सेसको सुविधा तथा सेवा प्राप्त गर्नका निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नका लागि प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यका लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरू, २८६ एटीएमका साथै ६९ भन्दा बढी एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” मूल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x