बुधबार, फाल्गुन २०, २०८२
Wednesday, March 4, 2026

नागरिक समाजका अध्यक्ष जि.सी. सम्मानित

सामाजिक रूपान्तरणका लागि नागरिक समाज र नागरिक बोर्ड डट कमका अध्यक्ष याम बहादुर जीसी जनचेतना समाज परिवर्तन नेपालको आठौं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि उज्यालो नेपालका नायक कुल मान घिसिङले सम्मानित गर्नुभयो । साथै संस्थाको वार्षिक कार्यक्रममा वरिष्ठ विमान चालक विजय लामा सामाजिक अभियन्ता ज्वाला संग्रौला आशिका तामाङ्ग पूर्व आइजीपी सर्वेन्द्र खनाल इन्द्रेणी डटकमका सञ्चालक कृष्ण कँडेल , नेपाल चलिचत्र कलाकार संघका महासचिव सबिन श्रेष्ठ, वरिष्ठ चिकित्सकहरू डा. अर्चन शम्शेर राणा, डा. कुन्साङ्ग, डा. पवन चालिसेकाे उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ चिकित्सक डा कुन्साङ डा पवन चालिसे संगीतकार तथा नेपाल नाट्य प्रज्ञाप्रतिष्ठानका प्राज्ञ चेतन सापकोटा पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेपाल चलिचत्र कलाकार संघका महासचिव सबिन श्रेष्ठ, समाज सेवी तथा व्यवसायी याम तमु गुरुङ ज्वाला संग्रौला आशिका तामाङ्ग पुजा बस्नेत बिश्वकर्मा,लगायतलाई सम्मान गरिएको थियो भने क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याए बापत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाइ मायाको चिनो प्रदान गरिएको थियो।

सम्मानित व्यक्तित्वहरूले आफूहरूले पाएकाे सम्मान्  आफ्नो हृदयसँग जोडिएको बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष कविन्द्र त्रिपाठीले संस्थाका वारेमा जानकारी गराएका थिए भने कार्यक्रम सञ्चालन बिभूषा बस्नेतले गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष मुना निरौलाकाे सभापतित्व सम्पन्न उक्त कार्यक्रममा बेवारिसे लासकाे दाह संस्कार गर्ने  संगीतकार तथा प्राज्ञ, कलाकार, बिमान चालक, सामाजिक अभियन्ता, कानुन व्यवसायी, बरिष्ठ चिकित्सकहरू, व्यवसायीहरू,  लगायतका ब्यक्तित्वहरूलाइ सम्मानित गरिएकाे  थियाे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x