खराब शासनले नेपालसहित छिमेकमा असंवैधानिक सत्तापलट भए-अजित डोभाल
नयाँ दिल्ली – भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पछिल्ला वर्षहरूमा भारतका छिमेकी देशहरूमा खराब शासनका कारण सत्तापलट भएको दावी गरेका छन् ।
सर्दार पटेल स्मृति कार्यक्रममा बोल्दै डोभालले भने–शासन नै राजनीतिक स्थिरताको निर्णायक कारक हो। महान् साम्राज्य, राजतन्त्र, कुलीन शासन वा लोकतन्त्रहरूको उत्थान र पतनको इतिहास वास्तवमा शासनकै इतिहास हो। हामीले हालै बंगलादेश, श्रीलंका, नेपाल र अन्य केही छिमेकी देशहरूमा असंवैधानिक तरिकाले शासन परिवर्तन भएको देख्यौं। यी सबै घटनाहरू वास्तवमा खराब शासनका उदाहरण हुन्। यसले देखाउँछ कि शासन कति महत्वपूर्ण कुरा हो।
विश्लेषकहरूले भने डोभालको वक्तव्यलाई भारतको “क्षेत्रीय रणनीतिक सन्देश” का रूपमा व्याख्या गरेका छन्। नेपाल र श्रीलंकामा पछिल्ला राजनीतिक परिवर्तन र विरोध प्रदर्शनहरूलाई उनले ‘non–constitutional regime change’ को रूपमा चित्रण गर्नु भारतको कूटनीतिक दृष्टिकोणसँग जोडिएको देखिन्छ।
भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा डोभालले यसअघि पनि क्षेत्रीय स्थायित्व र सुशासनको विषयमा पटक–पटक टिप्पणी गर्दै आएका छन्। उनका अनुसार, “स्थिर शासन र उत्तरदायी नेतृत्व नै दक्षिण एशियाली मुलुकहरूको दीर्घकालीन सुरक्षाको आधार हुन्।


WRITE COMMENTS FOR THIS ARTICLE