मङ्लबार, चैत्र २६, २०८१
Tuesday, April 8, 2025

सिचुवानको जहाज दोस्रो पटक पोखरामा अवतरण

पोखरा, – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दोस्रो पटक ल्यान्ड भएको छ।

बिहीबार दिउँसो चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको छ। पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा आएको छ।

चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडान भरेर पोखरा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जानकारी दिइन्। निर्धारित समयभन्दा पहिले पोखरा आइपुगेको उनको भनाइ छ। २ बजेर ४० मिनेटमा पोखरा अवतरण हुने तालिका थियो। २ बजे पोखरा ल्यान्ड भएको उनको भनाइ छ। केहीबेर अगाडि उक्त विमान कुनमिङका लागि उडेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गतवर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो। त्यतिबेला पोखराको फेवातालमा पहिलो पटक भएको ‘ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चाटर्ड उडान भरेर आएको हो।

२०७९ पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुमधामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। उद्घाटनको दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो। त्यसपछि असार ६ गते सिचुवान एयरलाइन्सको जहाजले चार्टड उडान भरेर पोखरा आयो।

२०८० भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ड्रुक एयर’ ले चार्टड उडान गरेर पोखरा आयो। पोखराबाट पर्यटकले लिएर फर्कियो।

२०८० कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो विमान पोखरामा ओर्लिए। जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्प पीडितका लागि रहात सामाग्री बोकेर ती दुई विमान पोखरा आएका थिए। २०८० मंसिर ७ गते चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चाटर्ड उडान भरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x