शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ हाल सम्मकै उच्च

काठमाडौं- सुनले अन्तर्राष्ट्रिय बजारमा कीर्तिमान कायम गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २ सय १९ दशमलब ८४ डलरमा कारोबार भइरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि डलरको मूल्य घटिरहेको अवस्थामा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुँदा मूल्य बढेको हो ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा डलर परिसूचक डीएक्सवाई ९९.७१ सम्म विन्दुसम्म पुगेको छ । यो पछिल्लो एक वर्षयताकै न्यून हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ। शुक्रबार यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x